सेयर बजार ५ दिनयता ओरालो यात्रामा

  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
सेयर बजार ५ दिनयता ओरालो यात्रामा

काठमाडौं– सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य नौ अङ्कले घटेर दुई हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा झरेको छ ।

Advertisement

नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार घटिरहेको छ । नेप्से गएको साताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो साताको पहिलो कारोबार दिन अस्ति २५ दशमलव ४६ र हिजो ५५ दशमलव ८६ अङ्कले घटेको थियो ।

आज बीमा, उत्पादन, माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स, जलविद्युत् समूहको सेयर उच्च अङ्कले घटेको छ । यस्तै व्यापार समूहको सेयर सामान्य बढ्दा होटल समूहको सेयरमा घटबढ भएको छैन ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय २८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता सेयर सात अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट