काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक सुरु हुनेछ ।
उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
यसका साथै बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप