काठमाडौं– पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी गाउँ नै बिरामी परेका छन् । पुजाको प्रसाद खाएका ५० जना भन्दा बढी विरामी परेका हुन् ।
स्थानीय रीता निरौलाकोमा बुधबार पुजा लगाइएको थियो । प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पुजा घरमा पुगेर प्रसाद खाने बिरामी परेका हुन् ।
स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र पखाला तथा ज्वरोको समस्या देखिएको थियो । १०३, १०४ डिग्रीसम्म ज्वरो आएको छ । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको गाउँपालिका अध्यक्ष भिष्म मिश्रले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप