काठमाडौं– बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप