धादिङ– अखिल (क्रान्तिकारी) धादिङको उपाध्यक्षमा सपना दाहाललाई मनोनित गरिएको छ । जिल्ला कार्यसमिति धादिङको प्रथम बैठकले दाहाललाई उपाध्यक्ष पदमा मनोनित गरेको हो ।
बैठकले २१ सचिवालय सदस्यहरु मनोनित गरेको अखिल (क्रान्तिकारी) धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए । सगठनको विभिन्न विभागहरुको जिम्मेवारी पनि तोकेको छ । शैक्षिक विभागमा इश्वरी आचार्य, अनुशासनमा रमा दने, छात्रा विभागमा शोना श्रेष्ठ, खेलकुद विभागमा राकेश खत्री र राजन शाही ठकुरी, साँस्कृतिक विभागमा संगीत तामाङ छनौट गरिएको हो ।
सोहि वैठकले बागमती प्रदेश र केन्द्रको अधिवेशनको लागि प्रतिनिधि पनि छनौट गरेको हो ।
विद्यार्थीहरुको संगठन हो भन्ने आभाष हुने गरी काम गर्ने अध्यक्ष रिजालले बताए । धादिङको शैक्षिक क्षेत्र सुधार गर्न र गुणस्तर शिक्षाका लागि पहल गर्नेछौं । अखिल (क्रान्तिकारी) सबै विद्यार्थीहरुको साझा संगठन बन्ने गरि काम गर्ने उनको भनाई छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप