काठमाडौं– बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले जनाएको हो ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा दुर्घटना भएको थियो ।
उक्त गाडीमा उपाध्यक्ष बुढा र केही कर्मचारीहरु सवार थिए । अन्यको भने पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप