दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा निर्वाचित

  • २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)
  • १६८ पटक पढिएको
दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा निर्वाचित

धादिङ- नेपाल दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा निर्वाचित भएकी छिन् । धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

Advertisement

रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत विश्वकर्माको अध्यक्षतामा नवगठिन कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिसा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयालकोटी निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सरस्वती विश्वकर्मा, भक्तबहादुर वि.क. र निकेश नेपाली रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले दलित पत्रकारहरुको क्षमता अभिवृद्धि र हक अधिकार संरक्षणमा संघले नेतृत्वदायी भुमिका खेल्ने बताएकी छिन् । पत्रकारिता क्षेत्रमा युवा पुस्ताको घट्दो उपस्थितिमा टिकाइराख्न चुनौति रहेको भन्दै पत्रकारिता क्षेत्रमा टिक्न क्षमता अभिवृद्धि र आम्दानीलाई जोड दिनुपर्ने बताएका हुन् । त्यसको लागि संचार माध्यमहरु पनि सक्षम बन्नु पर्नेमा उनले जोड दिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट