धादिङमा आँखाको मोतियाविन्दु शिविरमा ६४ जनाको सफल शल्यक्रिया

  • २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)
  • ९९ पटक पढिएको
धादिङमा आँखाको मोतियाविन्दु शिविरमा ६४ जनाको सफल शल्यक्रिया

काठमाडौं– धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा शिविरको आयोजना गरि ६४ जना आँखाका विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठामाडौं र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको संयुक्त आयोजनामा The Fred Hollows foundation, वडा अध्यक्ष अक्षयकोष नीलकण्ठ नगरपालिका–३ र दर्खथेङ डसङ समाजको सहयोगमा सञ्चालित आँखा शिविरमा ६४ जनाको शल्यक्रिया गरिएको हो ।

Advertisement

मोतियाविन्दुका कारण गुमेको ज्योति शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्ने भएका छन् । दुवै आँखाको ज्योति गुमाएका उत्तरी धादिङको खनियाँवास गाउँपालिका दार्खाकी जस्माया तामाङ अहिले दुवै आँखा देख्न सक्ने भएकी छिन् । ‘मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएकी जस्मायाले शल्यक्रियापछि आँखा देख्न सक्ने भएकी हुन् । अहिले आँखा देख्ने भएपछि उनी दङ्ग छिन् । वर्षाैपछि संसार नियाल्न पाएँ, खुषी छु’ उनले भनिन् ।

नेत्रावती डवजोङ गाउँपालिका सेम्जोङकी साहिली तामाङ पनि उस्तै खुषी छिन् । मोतिविन्दुको शल्यक्रिया गरेर आँखाको ज्योति फर्किपछि कल्पनै नगरेको उपचार पाएको उनी बताउँछिन् । दुवै आँखा नदेख्ने साहिली अहिले एकापट्टीको आँखाको शल्याक्रिया गरेर आँखा देख्ने भएकी हुन् । आगामी मंसिरमा अर्काे आँखाको पनि शल्याक्रिया गर्ने सोचमा रहेको उनी बताउँछिन् ।

उनीहरु जस्तै गुमेको आँखाको ज्योति फर्किपछि ६४ जना नै दङ्ग र खुषी पनि छन् । PHACO प्रविधि मेसिनबाट १७ जना र अन्य साधारण ४७ जना गरि ६४ जनाको शल्यक्रिया गरिएको हो । दिनानुदिन बढ्दै गएको मोतियाविन्दुको उपचार तथा शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठान काठामाडौं र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङले यस अघि पनि विभिन्न शिविरको आयोजना गरि गर्दै आएको छ ।

शिविरमा नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले वडा अध्यक्ष भएपछि आफ्नो सेवा सुविधा आफुले प्रयोग नगरी सामाजिक कार्यमा लगाउन स्थापना गरिएको अक्षय कोषको आर्थिक सहयोगमा विरामीलाई खाने, बस्ने व्यवस्था मिलाइएको हो । टाढादेखि आएका विरामीहरुलाई सहज बनाउन र समस्या नहोस् भनि आँखाको शल्यक्रिया गरेका विरामीहरुका लागि खाना, बस्ने र औषधि पनि व्यवस्था गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

शिविरमा आएका करिव दुई सय भन्दा धेरैको आँखा परिक्षण गरिएको थियो । आँखाको समस्या हेरेर ६४ जनाको मोतियाविन्दुकोे शल्यक्रिया गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट