निर्णायक राष्ट्रिय शक्तिको यात्रामा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

  • २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)
  • ६१ पटक पढिएको
निर्णायक राष्ट्रिय शक्तिको यात्रामा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा लाग्न आग्रह गरेका छन् । गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समृद्धितर्फ लैजानुु पर्ने बताएका हुन् ।

Advertisement

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको शनिवार बुढानीलकण्ठमा उद्घाटन समारोहको सम्बोधन गर्दैै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागेको बताएका हुन् ।

‘अहिलेको परिस्थिति जटिल छ । हामी विरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन’ , उनले भने, ‘मानिसहरूमा नकारात्मक भ्रम र माहौल खडा गर्ने कोसिस भइरहेको छ । षड्यन्त्रबाट बच्नु पर्छ ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट