घट्यो अन्डाको भाउ

  • २०८१ भाद्र ३०, आईतबार (५ दिन अघि)
  • १२२ पटक पढिएको
घट्यो अन्डाको भाउ

काठमाडौं– दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । भदौ १३ गते घटेर तय भएको मूल्य फेरि भदौ २९ मै घटेको हो ।

Advertisement

नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । यसअघि भदौ १३ मा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट