नेप्से ५० अङ्कले घट्यो, १० अर्ब भन्दा बढीको कारोबार

  • २०८१ भाद्र ३०, आईतबार (३ दिन अघि)
  • ४२ पटक पढिएको
नेप्से ५० अङ्कले घट्यो, १० अर्ब भन्दा बढीको  कारोबार

काठमाडौं– आज सेयर बजार उच्च अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अङ्कले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ विन्दुमा झरेको हो । आज बिहान बजार खुलेदेखि नै उच्च अङ्कले बढेर नेप्से २७ सय ३४ विन्दुसम्म पुगेको थियो ।

Advertisement

रिभल फल्स पावर, हिमालयन हाइड्रोपावर कम्पनी, इस्टर्न पावर र रावा इनर्जीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तर २ बजेदेखि उच्च अङ्कले ओरालो लागेर २६ सय ३६ विन्दुमा झरेको हो । आज थ्री स्टार हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ ।

बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई करोड ४८ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सीईडीबी हाइड्रो विकास कम्पनीको ६४ करोड ३८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट