मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगले दिए सरकारलाई सुझाव

  • २०८१ भाद्र ३०, आईतबार (३ दिन अघि)
  • ४५ पटक पढिएको
मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगले दिए सरकारलाई सुझाव

काठमाडौं– निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन तोक्न सरकारलाई सिफारिस गरेको छ ।

Advertisement

आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट