सहकारी छानबिन समितिले आज प्रतिवेदन पेस गर्दै

  • २०८१ भाद्र ३१, सोमबार (२ दिन अघि)
  • ३५ पटक पढिएको
सहकारी छानबिन समितिले आज प्रतिवेदन पेस गर्दै

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेस गर्ने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा समितिले प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

Advertisement

एमाले सांसद सूर्य थापाको नेतृत्वमा गएको जेठ १५ गते गठन भएको समितिले जेठ २२ गतेदेखि आफ्नो काम थालेको थियो । शुरूमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिन समय थपिएको थियो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचतकर्ताले प्रहरीमा दिएको उजुरीलाई पनि दबाउन लगाएर अनुसन्धानमा अवरोध गरेको भन्दै संसदमा लगातार आवाज उठेपछि संसदीय छानबिन विशेष समिति गठन भएको हो ।

समितिलाई असोज ६ गतेसम्म समय रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ मा त्यता जाने कार्यक्रम रहेकाले हिजोको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातिदेखि संसदको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि समितिले यसै अधिवेशनमा प्रतिवेदन बुझाउने लक्ष्यसहित रातभर बैठक बसेको हो । गएराति अबेरसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछानेसहितलाई दोषी ठहरसहित प्रतिवेदन तयार भएको र कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन गर्न पत्राचार गर्ने तयारी भएको भनिए पनि समितिका सदस्यहरुले यसबारे औपचारिक जानकारी दिएका छैनन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट