धादिङको सल्यानटारमा नक्षेत्र बाटिका स्थापना

  • २०८१ भाद्र ३१, सोमबार (४ दिन अघि)
  • १४९ पटक पढिएको
धादिङको सल्यानटारमा नक्षेत्र बाटिका स्थापना

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित पान्धारे दुग्धनाथ धार्मिक वनमा नक्षेत्र बाटिका स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका विच औषधिय गुण भएका २७ नक्षेत्रका २७ किसिमका वृक्ष वृक्षारोपण गरि नक्षेत्र बाटिका स्थापना गरिएको हो ।

Advertisement

सल्यानटारमा जिल्लामा पहिलो नक्षत्र बाटिका स्थापना गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णु आचार्यले बताए । ‘खोजेका विरुवाहरु पनि पाउन मुस्किल पर्याे । हामीले अहिले जोगाउन सक्यौं भने नै पुस्तान्तरण गर्न सकिने हो’ उनले भने– ‘राशी बाटिका र नव ग्रह बाटिका पनि बनाउने तयारीमा छौं । नेपालमा नक्षेत्र बाटिका, राशी बाटिका र नव ग्रह बाटिका एकै ठाउँ भएको एक मात्र दुर्लभ ठाउँ हुनेछ । यो ठाउँ ऐतिहासिक, सास्कृतिक जोगाउने काम भइरहेको छ । धादिङबाट एउटा इतिहास रच्नेछौं ।’

ऐतिहासिक महत्व बोकेको सल्यानटारमा यो नक्षेत्र बाटिका एउटा पाठशाला भन्ने त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले बताए । धार्मिक रुपले मात्र नभइ मानिस र रुख विरुवाविचको सम्बन्ध महत्व अरुलाई पनि बुझाउन आवश्यक रहेको उनले बताए ।
पर्यटन, अध्ययन अनुसन्धान गर्ने ऐतिहासिक ठाउँको रुपमा परिचित गर्न यो नक्षेत्र बाटिकाले गहन भूमिका खेल्ने धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । ’वृक्षारोपण गर्नु भन्दा जोगाउनु ठूलो कुरा रहेको भन्दै समुदायको ठूलो भूमिका रहने छ । लोपान्मुख भइ सकेका औषधिका गुण रहेका यि विरुवा जोगाउन सके सल्यानटारको मात्र नभई धादिङकै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोक्ने र ठूलो सम्पत्ति हुनेछ’ उनले भने ।

श्रीवास कृष्णदास ब्रह्मचारीले सूर्यको प्रकाशले नक्षत्रमा पर्दा के प्रभाव पार्छ भन्ने विषयलाई आधार मानेर ज्योतिस शास्त्र अनुसार नक्षत्र बाटिका बनाइएको र यसलाई पवित्र धार्मिक भूमिको रुपमा विकास गरिएको बताए । ‘मानिस, संस्कृित र धर्मसंग प्रकृतिलाई जोडेर मानिसको जिवन खोज्नका लागि वृहत रुपमा नक्षत्र बाटिकाले महत्व राख्नेछ’, उनले भने– ‘जीवन बचाउने, जन्मदेखि मृत्युसम्म बोटविरुवा चाहिन्छ । त्यसैले यसको संरक्षण र संवर्धनमा सबै लाग्नु पर्छ । धार्मिक, सांस्कृति तथा ऐतिहासिक महत्व बोकेको यो ठाउँमा नक्षेत्र बाटिका बनाउन र वक्षारोपण गरिएका बोटविरुवा जोगाउन सल्यानटारबासीले ठूलो भूमिका खेल्ने छ ।’

ज्योतिष शास्त्र अनुसार २७ नक्षत्रमा पर्ने अर्जुन, कंकेरो, बकुलपष्प, सिमल, राजवृक्ष, वेत, कटहर, आँक, शमी, कदम, आँप, नीम, महुआ, कुचिला, अमला, डुम्री, जामुन, खयार, सिसौं, बाँस, पीपल, नाकेशर, वर, पलाश, काभ्रो, रिठ्ठा र बेलका वृक्षलाई ज्योतिससास्त्रले निर्धारण गरेको स्थानमा रहेको गोलो घेरामा रोपिएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीयहरुले शंखध्वनी, पंचेबाजा र नेवारी संस्कृतिको धिमे बाजा बजाएर मन्दिर परिसरमा नक्षेत्र बाटिका स्थापनाका लागि वृक्षारोपण गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट