आज वास्तु दिवस एवं विश्वकर्मा पुजा मनाइदैं

  • २०८१ आश्विन १, मंगलबार (२ महिना अघि)
  • १३० पटक पढिएको
आज वास्तु दिवस एवं विश्वकर्मा पुजा मनाइदैं

काठमाडौं– कालीगढले विश्वकर्माको पुजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पुजा पर्व मनाउँदैछन् ।

Advertisement

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानालाई विशेष रुपमा सजाएर विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पुजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पुजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पुजाआजा गर्ने परम्परा बसेको किम्बदन्ति रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट