गगनलाई रविको जवाफ: प्रमाण होइन प्रणाम भनेको रहेछ, मेरो पनि प्रणाम

  • २०८१ आश्विन १, मंगलबार (२ महिना अघि)
  • ११५ पटक पढिएको
गगनलाई रविको जवाफ: प्रमाण होइन प्रणाम भनेको रहेछ, मेरो पनि प्रणाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।

Advertisement

मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछाने सहितका सञ्चालकहरूले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ ।
कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोर्खा मिडियातिर ध्यान केन्द्रित हुने बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो? भन्दै प्रश्न समेत गरे । उनले प्रमाण छ भनेको नभई महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे ।

उनले भने, ‘अब सहकारीतिरबाट गोर्खा मिडियातिरको कुरा हुन्छ । गोर्खा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्ने कुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रीय नेताहरू बसेको भएर थाहा भइहाल्यो होला नि! कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि । म कसैको कटाक्ष गर्न आएको होइन । तर छुस्स त दिनुप¥यो नि । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट