रास्वपाको आम्दानी गत बर्षभन्दा घट्यो

  • २०८१ आश्विन १, मंगलबार (२ महिना अघि)
  • ८६ पटक पढिएको
रास्वपाको आम्दानी गत बर्षभन्दा घट्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा कुल ३ करोड ४० लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी सो पार्टीले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।

Advertisement

पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्दै सो जानकारी दिएकी हुन् ।

उनका अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

सो पार्टीले आर्थिक वर्ष २०७८÷०७९ मा ४ लाख १० हजार १० रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा ६ करोड १२ लाख ४४ हजार आम्दानी गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट