दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन

  • २०८१ आश्विन १, मंगलबार (२ दिन अघि)
  • ३९ पटक पढिएको
दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन

काठमाडौं– चालू आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

Advertisement

साउन र भदौमा गरेर एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ ।

यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा दुई महिनासम्म वैदेशिक अनुदान प्राप्त भएको छैन ।
यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र सेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट