काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • २९ पटक पढिएको
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम सफा छ ।

Advertisement

बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको छ । मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकाले देशभर मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो विशेषगरी पश्चिम क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने सम्भावना रहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट