काठमाडौं– पाँच दिनअघि मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ ।
आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पु¥याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो ।
मोरङ पथरीका ४५ वर्षीय राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आएकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ ।
गएको शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता राईले जितेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप