सेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि खुम्चियो

  • २०८१ आश्विन २, बुधबार (१ दिन अघि)
  • ३९ पटक पढिएको
सेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं– सेयर बजार आज सामान्य घटेको छ । सेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा झरेको छ ।

Advertisement

आज बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर घटेकोमा फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको सेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन कालिका लघुवित्त र स्वरोजगार लघुवित्त कम्पनीको सेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज एक करोड ३९ लाख कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट