आज संविधान दिवस: दरबारमार्गमा सांगीतिक कार्यक्रम हुँदै

  • २०८१ आश्विन ३, बिहिबार (१७ घण्टा अघि)
  • २९ पटक पढिएको
आज संविधान दिवस:  दरबारमार्गमा सांगीतिक कार्यक्रम हुँदै

काठमाडौं– आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

Advertisement

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका लागि हिजोदेखि नै दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।

संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थ चुस्त पारिएको छ । शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।

सरकारले हरेक वर्ष संविधान दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने गर्दछ । आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट