धरहरा आजदेखि सर्वसाधारणका लागि खुल्यो

  • २०८१ आश्विन ३, बिहिबार (१३ घण्टा अघि)
  • ३६ पटक पढिएको
धरहरा आजदेखि सर्वसाधारणका लागि खुल्यो

काठमाडौं– धरहरा आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।

Advertisement

एक दिनमा अधिकतम ५ सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणले नवनिर्मित धरहरा निशुल्क रूपमा चढ्न पाउनेछन् ।

खुला गरिएपछि आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण पछि ९ वर्षपछि अस्थायी रुपमा सञ्चालनमा आएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट