मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

  • २०८१ आश्विन ३, बिहिबार (११ घण्टा अघि)
  • १८९ पटक पढिएको
मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी

धादिङ-  धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् । संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा एक गोल अन्तरले पत्रकारको समुह विजयी भएका हुन् ।

संविधान दिवसको अवसरमा धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए । संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

Advertisement

‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने छ’ उनले भने– ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं । पत्रकार मित्रहरु र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’

संविधान दिवसको अवसरमा पत्रकारसँग नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । हामी राज्यलाई सुशासन तथा जवाफदेहिता बनाउने क्षेत्रमा कलम मात्र चलाएका छैनौ, हरेक क्षेत्रमा संगसँगै रहेर समन्वय तथा समझदारी गरी अघि बढ्दै आएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट