गैसस धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी

  • २०८१ आश्विन ३, बिहिबार (६ घण्टा अघि)
  • १६९ पटक पढिएको
गैसस धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी

काठमाडौं– गैर सहकारी संस्था महासंघ नेपाल धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी चयन भएका छन् । १९ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले दुवाडीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत पुनः अध्यक्ष निर्वाचित गरेको हो ।

Advertisement

त्यस्तै, उपाध्यक्षमा तोला कुमारी पाठक, सचिवमा शेर बहादुर तामाङ(शिलास), सह–सचिवमा इन्द्रमान शाक्य, कोषाध्यक्षमा इश्वरी कोइराला चयन भएका छन् ।

सदस्यहरुमा गुणराज खतिवडा, रामबहादुर नेपाली, प्रमिला पण्डित, बम बहादुर तामाङ, कृष्ण बहादुर पौडेल, विष्णु प्रसाद पौडेल, गिता खनाल र दुर्गा अधिकारी रहेका छन् ।

गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङले १९ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन विहीबार जिल्लाको सदरमुकाम धादिङबेशीमा सम्पन्न गरेको हो ।
गैसस महासंघलाई चलायमान बनाउने अध्यक्ष दुवाडीले बताए । ‘धादिङमा आधिकारिक रुपमा दर्ता गरेका २४२ संस्थाहरु रहेका छन् । ती सस्ंथाहरुलाई नागरिक अभियानमा जोड्दै लैजाने छौं । पाँच हजार पाँच सय १५ जना साधारण सदस्य, एक हजार नौ सय ७५ कार्य समितिमा, ६४ करोड ८६ लाख रकम बराबर धादिङमा काम गरिरहेका छन् । दुई सय ४९ जनाले त प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्’ उनले भने– ‘गैर सरकारी संस्था महासंघ नेपाल एउटा अब्बल संस्था हो । तर गैससले गरेका कामहरु राज्यले आफ्नो कार्यक्रममा जोडेका छैनन् । गैससले गरेका कामहरु स्थानीय सरकारसँग जोड्ने तथा स्थानीय सरकारले मापन गर्ने गरी गैससले काम गर्ने छ । निकट भविष्यमै धादिङका १३ वटै स्थानीय तहमा गैर सरकारी सञ्जाल निर्माण गर्ने जस्ता काम गरी संस्थालाई चलायमान बनाउछौं ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट