देशभरका गुरुङ महिलाहरु धादिङ आउदैं

  • २०८१ आश्विन ४, शुक्रबार (२ घण्टा अघि)
  • १५३ पटक पढिएको
देशभरका गुरुङ महिलाहरु धादिङ आउदैं

|फाइल फोटो

काठमाडौं– २०८१ असोज ५ गते देशभरका गुरुङ समुदायका महिला दिदिबहिनीहरु धादिङ आउने भएका छन् । तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रीय समितिको १४औं कन्द्रीय पार्षद सभाका लागि धादिङ आउने भएका हुन् ।

Advertisement

तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद् केन्द्रीय समितिको आयोजना तथा तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद् धादिङको व्यवस्थापनमा आयोजना गरेको कार्यक्रममा देशैभरका महिला दिदिबहिनीहरु धादिङ आउने भएका हुन् ।

गुरुङ जातिको कला, भाषा, संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समितिले काम गरिरहेको तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद् धादिङका अध्यक्ष जमुना तमुस्योले जानकारी दिए ।

‘महिला दिदिबहिनीहरु घर भित्रै सिमित रहेको अवस्थामा आफ्नो हक अधिकार खोज्ने तथा अन्य निकायसँग समन्वय गरेर अघि बढ्न समितिले भूमिका खेलेको छ’ उनले भनिन्– ‘केन्द्रमा २०६७ सालमा स्थापना भएको यस समिति धादिङमा २०६९ सालदेखि क्रियाशिल रहेको छ । जिल्लाको सदरमुकाम धादिङबेशी नजिकै क्रिक रिसोर्टमा असोज ५ गते अर्थात भोलिको १४औं कन्द्रीय पार्षद सभाले जिल्लाका गुरुङ महिला दिदिबहिनीहरु मात्र नभई देशकै महिला दिदिबहिनीहरु एक छौ भन्ने एकताको सञ्देश दिनेछ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट