नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुने

  • २०८१ आश्विन ४, शुक्रबार (२ घण्टा अघि)
  • २३ पटक पढिएको
नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुने

काठमाडौं– पर्यटकीय राजधानी पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । नेपाल बलुन प्रालिको आयोजनामा क्रिस्मस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आउँदो डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।

Advertisement

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । अध्यक्ष बाडेका अनुसार नेपालमा पहिलो पटक हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीहरुको सहभागिता रहनेछ ।

पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा झण्डै पाँच सय व्यावसायिक उडान हुनेछन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट