नेप्से ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

  • २०८१ आश्विन ८, मंगलबार (२ महिना अघि)
  • ९९ पटक पढिएको
नेप्से ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

काठमाडौं– सेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ ।

Advertisement

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता सेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट