निर्वाचन आयोगद्धारा दल दर्ता आह्वान

  • नेपाल पथ
  • २०८१ आश्विन ९, बुधबार (३ हप्ता अघि)
  • ५४ पटक पढिएको
निर्वाचन आयोगद्धारा दल दर्ता आह्वान

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो ।

Advertisement

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशन गरेर बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ । स्थानीय तहमा ४३ पद रिक्त छ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट