गोरखामा गाउँलेले नै रोके हेलिकप्टर उडान

  • २०८१ आश्विन ९, बुधबार (२ दिन अघि)
  • ५९ पटक पढिएको
गोरखामा गाउँलेले नै रोके हेलिकप्टर उडान

काठमाडौं– गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएका छन् । निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उडानमा रोक लगाएका हुन् ।

Advertisement

सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरुले हेलिकप्टर ल्याण्ड गर्न दिएका छैनन् । विरोधस्वरुप उनीहरुले हेलिप्याडमा ढुंगा थुपारेर झण्डा गाडेका छन् ।

निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीयहरुको भनाई छ ।

माग पुरा हुन्छ भनेर आश्वासन मात्रै बाडेको उनीहरुको गुनासो छ ।
पाँच दिनभित्र माग पूरा गर्ने भनेपनि माग पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनीहरु बताउँछन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट