उकालो यात्रामा शेयर बजार

  • २०८१ आश्विन ९, बुधबार (२ दिन अघि)
  • ६८ पटक पढिएको
उकालो यात्रामा शेयर बजार

काठमाडों– बुधबार शेयर बजार उच्च अङ्कले बढेको छ । केही दिनदेखि गिरावट आएको शेयर बजार परिसूचक नेप्से बुधबार ४९ दशमलव १८ अङ्कले बढेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा पुगेको हो ।

Advertisement

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

शेयर बजार उच्च अंकले बढेपनि कारोबार रकम भने घटेको छ । हिजो साढे पाँच अर्बको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड २४ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट