काठमाडौं- सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् । निमोनियाको समस्याका कारण मंगलबारदेखि सुरु भएको उनको बयान रोकिएको हो ।
मंगलबार सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले उनीसँग बयान सुरु गरेका हुन् । मौखिक रूपमा बयान लिएपनि लिखित बयान नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप