शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह

  • २०८१ आश्विन १०, बिहिबार (१ दिन अघि)
  • ३२ पटक पढिएको
शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह

काठमाडौं– राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । भारी वर्षाको जोखिमको सम्भावना रहेको भन्दा प्राधिकरणले रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा शुक्रबार र शनिबार (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको हो ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ । सबैलाई मानिसहरुलाई सुरक्षित रहेर भौतिक रुपमा पनि सुरक्षा गर्न अनुरोध गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट