नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने

  • २०८१ आश्विन ११, शुक्रबार (१३ घण्टा अघि)
  • ३६ पटक पढिएको
नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने

काठमाडौं– लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाइएको छ ।

Advertisement

जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र राति पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको हो ।

आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट