सहकारीको बचत रकम अपचलन गरी फरार रहेका ढोरपाटनका मेयर भारतबाट पक्राउ

  • २०८१ आश्विन ११, शुक्रबार (१२ घण्टा अघि)
  • ३० पटक पढिएको
सहकारीको बचत रकम अपचलन गरी फरार रहेका ढोरपाटनका मेयर भारतबाट पक्राउ

काठमाडौं – सहकारीको बचत रकम अपचलन गरी फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ । यसअघि गएको माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

नेपाली बाग्लुङ र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहितका सहकारी सञ्चालकले बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको मुद्दा बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट