१०६ केन्द्रमा वर्षाले सतर्कताको तह नाघ्यो

  • २०८१ आश्विन १२, शनिबार (३ घण्टा अघि)
  • ३३ पटक पढिएको
१०६ केन्द्रमा वर्षाले सतर्कताको तह नाघ्यो

काठमाडौं- मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ ।

Advertisement

पाल्पाको अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ । यो सबैभन्दा बढी वर्षा भएको हो । त्यसपछि मकवानपुरको दामनमा ३३० मिलिमिटर, झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ ।

चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा भएको छ । भारीदेखि धेरै भारी वर्षा भएमा त्यो क्षेत्रलाई जोखिमयुक्त मानिन्छ । आज शनिबार पनि निरन्तर झरी पर्ने सम्भावना रहेको र जोखिम अझै बढ्ने सम्भावना रहेकोले सुरक्षित रहन आग्रह गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट