धादिङबेसी मलेखु सडक आवागमन ठप्प

  • नेपाल पथ
  • २०८१ आश्विन १२, शनिबार (३ घण्टा अघि)
  • १६७ पटक पढिएको
धादिङबेसी मलेखु सडक आवागमन ठप्प

काठमाडौं- जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडक खण्ड पहिरोले अवरुद्ध बनेको छ ।

Advertisement

नीलकण्ठ नगरपालिका– ८ दारेगौडा र साघुटारमा सडक माथीबाट खसेको पहिरोले सडक ढाकेपछि सवारी आवागमन पुर्ण रुपले ठप्प बनेका हो ।

सडक माथिबाट ठूला पहिरो खसेका कारण बाटो सूचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए ।

पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको छ । । पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम पनि छ । अहिले जेसीविको प्रयोग गरि बाटो खुलाउने काम भइ रहेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट