पहिरोले पुरिएर एक जनाको मृत्यु

  • २०८१ आश्विन १२, शनिबार (३ घण्टा अघि)
  • ४८ पटक पढिएको
पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौं– धादिङको थाक्रे गाउँपालिका-६ महादेवबेशीमा घरमा आएको पहिरो सोर्ने क्रममा एक जनाको ज्यान गएको छ।

Advertisement

तीन दिन देखिको लगातार वर्षाका कारण घरमा आएको पहिरो सोर्ने क्रममा शनिबार बिहान कान्छा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।

करेसामा भल पस्यो भनेर पन्छाउन लाग्दा घर माथिबाट आएको पहिरोले पुरिँदा मृत्यु भएको सिलवालले बताए । अहिले महादेववेशी र यस क्षेत्रको महेशखोलामा बाढीको बहाव बढेको छ । नदी तटीय क्षेत्रको घरहरु खालि गरिएको प्रहरीको भनाई छ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट