राजमार्गमा १४ यात्रु एकै ठाउँ अस्ताए, धादिङमा मृत्यु हुनेको संख्या १६ पुग्यो

राजमार्गमा १४ यात्रु एकै ठाउँ अस्ताए, धादिङमा मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौ– अविरल वर्षाका कारण पहिरोमा परि धादिङमा १६ जनाको मृत्यु भएको छ । धादिङको विभिन्न ठाउँमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

Advertisement

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नौविसे–नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा शनिवार विहान पहिरोले लु१ज ४५७८ नम्बरको वीङ्गर भ्यान पुरिदा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले बताए ।

‘बुटवलबाट काठमाडौ आउदै गरेको वीङ्गर भ्यान शनिवार विहान पहिरोमा पुरिएको हो । सडक माथिबाट झरेको पहिरोले भ्यान पुरिएपछि शनिवार विहानै देखि उद्दारको काम भएपनि साँझ मात्र भ्यानमा सवार यात्रुहरुको शव निकालिएको हो’ उनले भने– ‘भ्यान धनिसँग भएको कुराकानी अनुसार भ्यानमा १४ जना रहेका थिए । पहिरोले पुरिएको भ्यानबाट १४ जनाको नै शव निकालिएको छ । भ्यानबाट १ जना बच्चासहित ८ जना पुरुष र ५ जना महिलाको शव निकालिएको हो ।’

घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर थाक्रे गाउँपालिका– ६ महादेवबेशीका कान्छा तामाङको ज्यान गएको प्रहरी निरीक्षक सिलवालले बताए । त्यस्तै, पहिरोमा परि हराइरहेका गजुरी गाउँपालिका– २ गुम्बा डाँडाका जनता चेपाङ र सन्तु चेपाङ ताल्ति खोलामा पहिरोमा पुरिएका छन् । ‘खोलामा माछा मार्न गएका उनीहरु पानी परेर ओत लाग्ने क्रममा पहिरोमा पुरिएका हुन् । एक जनाको शव फेला परेको छ । भेटिएको शव सनाखत हुन बाँकी छ । अर्काे एक जनाको खोजी कार्य भइ रहेको छ ।’ उनले भने ।

धादिङकै गजुरी गाउँपालिका–८ की ६ वर्षिया युना तामाङ हराइरहेकी छिन् । एउटै पठाओमा ३ जना चढेका रहेछन् । खोलाले बगाउदा अन्य दुई जनाले ज्यान बचाउन सके पनि बालिकालाई खोलाले बगाउदा बेपत्ता रहेकोे प्रहरी निरीक्षक सिलवालले बताए ।

पाइलैपिच्छे पहिरो

६५ भन्दा बढी जिल्लाहरुलाई संघीय राजधानी काठमाडौं जोड्ने मूख्य दुई ठूला पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुंगा सडक खण्ड बिहिबार साँझदेखि अवरुद्ध बन्यो । पृथ्वी राजमार्गमा पनि ठाउँठाउँ खसेको पहिरोले शनिवार सडक अवरुद्ध रह्यो । हजारौं सवारी साधन तथा यात्रुहरु सडकमै विचल्लि बने । १४ जनाको त पहिरोमा परि सडकमै एकै चिहान बन्यो ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्ड क्षतविक्षत बनेको छ । त्रिभुवन राजपथको हालत पनि उस्तै छ । धादिङबेसी मलेखु सडक खण्ड तीन ठाउँमा पहिरो जादा जिल्ला सदरमुकाम धादिङवेशी र पृथ्वी राजमार्ग सम्पर्क विच्छेद बनेको छ । एक्साभेटर तथा जेसिवीको प्रयोग गरी सडक सूचारु गर्ने प्रयास भइरहेको छ । तर राजमार्गमा गएको यत्रतत्र पहिरो र निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवाल बताउँछन् ।

निरन्तरको वर्षातसंगै पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ तथा धादिङका विभिन्न सडक खण्डमा पहिरो झरेको छ । सडक माथबाट खसेको पहिरो पन्छाउन नपाउदै छिनछिनमै खस्ने पहिरोले सडक अवरुद्ध बनेको हो । सडक माथीबाट झरेको लेदो र पहिरोले अधिकांश भाग हिलाम्मे छन् । सडक अवरुद्ध तथा पहिरोका कारण साना ठूला सवारीहरु सडकमै अलपत्र परेका हुन् । एक ठाउँमा खुलायो अर्को ठाउँमा बन्द हुने क्रम चलिरहेको प्रहरी निरीक्षक सिलवालले बताए ।

पूर्वपश्चिमबाट संघिय राजधानी आवातजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी, पहिरो, सवारीजामले सधैँजस्तो तनाब व्यहोर्नुपरेको छ । राजमार्गबाट जोडेर जताततै खनिएकाका अव्यवस्थित कच्ची सडक र विभिन्न खानीहरु नै राजमार्ग अस्तव्यवस्त हुनुको मुख्य कारक हुन् । मर्मत भइ रहेको राजमार्ग पनि अर्काे एउटा मूख्य कारण हो । पृथ्वीराजमार्गमा दैनिक १३ हजार भन्दा बढी सवारी साधनहरु आवतजावत गर्ने गर्दछन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट