काठमाडौं– धादिङको झ्याप्लेखोलाको पहिरोबाट अर्को तीन जनाको शव निकालिएको छ । पहिरोमा पुरिएको बसबाट तीन जनाको शव निकालिएसङ्गै मृत्यु हुनेको संख्या १७ पुगेको हो ।
गोरखाको लापुबेसीबाट छुटेको बस हुन सक्ने आशंका गरिएको छ । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस शुक्रबारदेखि सम्पर्कबिहिन रहेको छ ।
झ्याप्लेखोलाममै आएको पहिरोले वींगल भ्यान पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आउदै गरेको भ्यान पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।
हिजो विहानै देखि खटिएको उद्दार टोलीले अहिले पनि पहिरोमा परेकाहरुको खोजी कार्य गरिरहेको छ । भ्यान र बससङ्गै अन्य सवारी साधनहरु पनि पुरिएको हुन सक्ने आशंका गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप