बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना वेपत्ता

  • २०८१ आश्विन १४, सोमबार (२ दिन अघि)
  • ६४ पटक पढिएको
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना वेपत्ता

काठमाडौं- अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । विपदमा परि हालसम्म ४१ जना अझै बेपत्ता रहेका छन् ।

Advertisement

गृह मन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।

गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।

यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा १९ सडकमा भत्किएका छन् ।

तीन हजार छ सय ५४ जनालाई सकुशल उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट