नुवाकोटमा माइक्रो बस दुर्घटना हुदाँ १२ जना घाइते

  • २०८१ आश्विन १४, सोमबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
नुवाकोटमा माइक्रो बस दुर्घटना हुदाँ १२ जना घाइते

काठमाडौं– छहरे–टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा परि घाइते भएका दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नुवाकोटले जानकारी दिएको छ ।ठुलो भिर भए पनि मौवाको रुखमा गाडी अड्किएकाले ठुलो क्षति हुनबाट जोगिएको हो ।

पृथ्वी राजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग.१ख ४५३५ नम्बरको माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस दिउँसो १ बजे अदुवाबारी मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो । सडकबाट करिव ५० मिटर तल खसेको हो । माइक्रोबसमा सवार १८ जना मध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठुलो भिर भए पनि मौवाको रुखमा गाडी अड्किएकाले ठुलो क्षति हुनबाट जोगिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट