२५०० विन्दुमा नेप्से

  • २०८१ आश्विन १४, सोमबार (१ दिन अघि)
  • ४१ पटक पढिएको
२५०० विन्दुमा नेप्से

काठमाडौं- सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८पुगेको हो ।

Advertisement

आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढेका छन् ।

यस दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

दसैँतिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् । बाढीपहिरोले क्षति पु¥याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो । अघिल्लो दिन पनि यिनै सिमेन्ट कम्पनीको मूल्यकै कारण समग्र बजार घटे पनि उत्पादन क्षेत्र बढेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट