काठमाडौंबाट लामो दुरिका यात्रु बस आजैबाट चल्ने

  • २०८१ आश्विन १४, सोमबार (१ दिन अघि)
  • ५६ पटक पढिएको
काठमाडौंबाट लामो दुरिका यात्रु बस आजैबाट चल्ने

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं- सोमबारदेखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएका छन् । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड लागेको छ ।

Advertisement

सार्वजनिक सवारी नचल्दा राजधानीमा दशैंको मुखमा सयौं यात्रु अलपत्र परेका छन् । राजमार्ग भएर जाने दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे लगायतकाबाहेक अन्य सबैजसो जिल्लाका लागि छुट्ने सार्वजनिक बसहरु चल्ने तयारी भएको हो ।

करिब ४ बजेपछि बसहरु छुट्ने छन् । पानी परेन र सडकमार्गको अवरोधहरु लगभग सबै क्लियर भइसकेपछि सवारी साधनहरु चलाउने तयारी भइरहेको छ ।

त्रिभुवन राजपथ, पृथ्वीरामार्ग, नारायणगढ मुग्लिन र पूर्वपश्चिम राजमार्ग भएर विभिन्न जिल्लामा जाने यात्रुबाहक सवारीहरु छुट्ने छन् ।

शुक्रबार साँझदेखि लगातारको वर्षा र राजमार्गहरुमा बाढी र पहिरोका कारण भइरहेको अवरोधका कारण काठमाडौंबाट लामो दूरीका सवारी छुट्न पाएका थिएनन् । काठमाडौं आउँदै गरेका यात्रु बाटोमै अलपत्र परेको थिए भने नागढुंगा नाका भएर आउ–जाउ अवरुद्ध थियो ।

अहिले केही सवारीहरु नागढुंगा नाकातर्फ हिँडिसकेको प्ररही स्रोतले बतायो । सडक तथा पुलमा भएको क्षतिका कारण बिपी र अरनिको राजमार्ग भएर चल्ने सवारी भने कहिलेदेखि सञ्चालनमा आउँछन् भन्ने अनिश्चित छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट