धादिङको मलेखुमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्द

धादिङको मलेखुमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्द

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा सुख्खा पहिरो जादा पृथ्वी राजमार्ग अवरुद्द बनेको छ । सडक भन्दा माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्द बनेको हो ।

Advertisement

अहिले पहिरो पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहितको सुरक्षाकर्मी टोली घटना स्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले बताए ।

`ठूलो पहिरो झरेको कारण अहिले तत्काल पन्छाउन सक्ने अवस्था अलि कम छ । रातको समय पनि भएकोले कठिन भएको हो’ उनले भने-`साँझ झरेको पहिरो पन्छाउन जेसिवीको व्यवस्थापन हुँदै छ । हाम्रो टोली पहिरो झरेको ठाउँ जादैछौं । पहिरो झरेको आसपास लामो जाम भइसकेको छ । सकभर चाँडै पहिरो पन्छाएर पहिरोले अवरुद्द बनेको राजमार्ग छिट्टै सुचारु गर्नेछौं ।´

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट