पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुख्खा पहिरो जादा अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सडक भन्दा माथिबाट सुख्खा पहिरो हटाएपछि राजमार्ग सूचारु भएको हो ।

Advertisement

जेसिवीको प्रयोग गरि झरेको पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी प्रल्हाद सिलवालले बताए । ‘प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहितको सुरक्षाकर्मी टोली घटनास्थलै छौं । ठूलो पहिरो झरेका कारण रातको समयमा पन्छाउन सम्भव नहोला भन्ने लागेको थियो । तर सबैको साथ र सहयोगले छिट्टै राजमार्ग सुचारु गर्न सम्भव रह्यो ।’

अहिले सवारी साधनको चाप बढी रहेकोले होसियार भएर सवारी साधन चलाउन उनले सबैमा आग्रह गरे ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट