आत्मनिर्भर बनाउन महिला दिदिबहिनीहरुलाई ढाका बुनाई तालिम

  • २०८१ आश्विन १५, मंगलबार (१५ घण्टा अघि)
  • ८८ पटक पढिएको
आत्मनिर्भर बनाउन महिला दिदिबहिनीहरुलाई ढाका बुनाई तालिम

धादिङ– धादिङको नेत्रावती डवजोङ गाउँपालिका–५ का महिला दिदिबहिनीहरुले ३ महिने ढाका बुनाई तालिम लिएका छन् । वैकल्पिक आम्दानीको रुपमा ढाका बुनाईबाट आयआर्जन गरि आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

Advertisement

ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा एइआइएन लक्जम्वर्ग र पाविल साना किसान कृषि सहकारी संस्था लिमिटेड नेत्रावती–५ को सहयोगमा नेत्रावती डवजोङ गाउँपालिका र वडाको समन्वयमा ३ महिने ढाका बुनाई तालिमको एक कार्यक्रमकाविच मंगलबार समापन गरिएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले आधारभूत ढाका बुनाई तालिम लिएका दिदिबहिनीहरुलाई थप एड्भान्स तालिम प्रदान गरिने बताए । ‘हरेक क्षेत्रमा रोयम नेपालले सहयोग गरिरहेको छ । हामी सबैलाई उत्प्रेरण दिदै रोयमले गरेको काम प्रशंसनिय छ’ उनले भने– ‘आफुलाई आवश्यक खर्च जुटाउन यो तालिमले सहयोग गर्ने छ भन्ने अपेक्षा लिएका छौं । महिला दिदिबहिनीहरुलाई रोजगारीसँग जोडेको छ । ३ महिने सिपले पूर्ण हुदैन त्यसैले, रोयम, वडा र हामी गाउँपालिका सहकार्य गरि थप तालिम दिनेछौं ।’

त्यसैगरी, नेत्रावती डवजोङ गाउँपालिकाका-५ का वडा अध्यक्ष हरि अधिकारीले तालिम लिएका दिदिबहिनीहरुलाई अन्य सामाग्री बनाउने तालिम दिने तथा प्रशिक्षण दिन सक्ने बनाउन थप तालिम आयोजना गर्ने बताए । ‘सल, खाता मात्र बुनेर हामी सक्षम हुदैनौं । अन्य सामाग्रीहरु पनि बुन्न जान्नु पर्छ । तपाईहरु माग गर्नुहोस्, थप तालिम र अन्य सहयोग गर्न वडा तयार छ’ उनले भने ।

आधारभूत ढाका बुनाई तालिम लिएका दिदिबहिनीहरुलाई प्रशिक्षक बनाउने खालको तालिमको आयोजना गरिने रोयम नेपालका परियोजना संयोजक हरिशरण धितालले बताए । ‘यो आधारभूत तालिम महिला दिदिबहिनीहरुलाई आयआर्जनसँग जोड्नको लागि हो । यतिले मात्रै उहाँहरु सक्षम हुनुहुन्न’ उनले भने– ‘आगामी मंसिरदेखि एड्भान्स तालिम गर्दैछौं । त्यसपछि उहाँहरु दक्ष बनेर अन्य दिदिबहिनीहरुलाई पनि सिकाउन सक्ने र आयआर्जन गर्न सक्ने हुने छन् । हाम्रो उद्देश्य जिविकोपार्जनमा सपोर्ट नै हो ।’

नेत्रावती डवजोङ गाउँपालिकाका ९ जना दिदिबहिनीहरुले ३ महिने ढाका बुनाई तालिम लिएका हुन् । तालिम लिएपछि वैकल्पिक आयआर्जनको बाटो खुलेको उनीहरुले बताएका छन् । कृषि तथा घरको काम गरेर बाँकी रहेको फुर्सदको समय सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिने विश्वास रहेको उनीहरुको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    खोजी गर्नुहोस

    ताजा अपडेट