राजमार्गको यात्रा सहज बनाउँछौं– प्रजिअ घिमिरे

राजमार्गको यात्रा सहज बनाउँछौं– प्रजिअ घिमिरे

काठमाडौं- संघीय राजधानी जोड्ने दुई ठूला राजमार्गहरु पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको यात्रा सहज बनाउने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । केही दिन अघि मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा धादिङ आएका प्रजिअ घिमिरेले पत्रकार भेटघाट कार्यक्रममा राजमार्गको यात्रा सहज बनाउने प्रयास भइरहेको बताएका हुन् ।

Advertisement

‘हामी विपद्पछि छौं । केही दिन अघि मात्रै ठूलो विपत्तिको सामना गरेका गर्याैं । ठूलो जनधनको क्षति व्यहोरेका छौं’ उनले भने– ‘विपद लगायत सडक सुरक्षामा विशेष ध्यान दिनेछौं । ट्राफिक प्रहरी लगायतको टोली परिचालन गरेर होस् या सडक मर्मत तथा अन्य काम गरेर भए पनि चाडपर्वको समयमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउँछौं ।’

‘अहिले विपी राजमार्ग ठप्प छ । धादिङ भएर यात्रा गर्नेहरुको संख्यामा उच्च वृद्धि हुने देखिन्छ । यसलाई मध्यनजर गरि विशेष तरिकाले हामी लाग्नेछौं । त्यसको लागि सरोकारवाला निकायहरुविच छलफल तथा सहकार्य भइरहेको छ’ उनले भने ।

पृथ्वी राजमार्गमा चाडपर्वका समयमा गत वर्ष दैनिक १७ हजार भन्दा बढी सवारी आवतजावत गरेका थिए । यो वर्ष विपी राजमार्ग अवरुद्ध बनेका कारण २५ हजार भन्दा बढी सवारी गुड्ने अनुमान गरिएको छ । त्यसैले, घण्टौसम्मको जाम र सास्तिबाट बच्न पूर्व तयारी गरेर जानुपर्ने पत्रकारहरुले सुझाव दिएका छन् ।

राजमार्गमा हुने विपद् तथा दुर्घटनामा उद्धार सामाग्री र उद्धार टोली समयमै उपलब्ध हुने गरि व्यवस्थापन गरिनुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् । त्यस्तै, राजमार्गमा सञ्चालित होटल तथा पसलहरुले महंगो शुल्क असुल्ने गरेका छन् । जामको समयमा तेब्बरसम्म मूल्य लिने गरेको भन्दै यस्ता वेतिथिका क्षेत्रमा पनि प्रशासनले ध्यान दिन सुझाव दिएका छन् । पत्रकारहरुले उठाएका सवालहरुमा प्रशासनको गम्भिर ध्यानाकर्षण भएको र विशेष गरि राजमार्गको यात्रा सहज र व्यवस्थित गर्ने प्रजिअ घिमिरेले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट