भाडादर नटाँसेर बढी भाडा असुल्ने दुई सवारीलाई धादिङमा ३० हजार जरिवाना

भाडादर नटाँसेर बढी भाडा असुल्ने दुई सवारीलाई धादिङमा ३० हजार जरिवाना

काठमाडौं- भाडादर नटाँसेर तोकिएको भन्दा बढी भाडा असुल्ने दुई सवारी साधनलाई धादिङमा कार्वाही गरिएको छ । जिल्ला अनुगमन समिति धादिङले दुई सवारी साधनलाई जरिवाना गरेको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वको अनुगमन टोलीले धादिङबेशी काठमाडौँ चल्ने ग्रामिण यातायात धादिङ प्रा.लि.को बा ५ख५७ नम्बरको बसमा भाडादर नटाँसेको भेटिएपछी १० हजार जरिवाना गरेको छ । यस्तै काठमाडौँबाट चितवन तर्फ जाँदै गरेको लामा ट्राभल्सको ग१ख ५५९२ नम्बरको माइक्रोले यात्रुसँग बढी भाडा लिएको भेटिएपछि २० हजार जरिवाना गरेको हो । पाँच सय ५० तोकिएको भाडामा उक्त माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको गुनासो आएपछि जिल्ला अनुगमन समितिले बेनिघाट बजारमा सवारी रोकेर सबै यात्रुहरूको भाडा फिर्ता गराएको हो ।

दसैँ, तिहार लगायतको पर्वका लागि आवतजावत गर्ने यात्रुहरूसँग बढी भाडा लिन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको विभिन्न ठाउँमा छड्के चेकपोष्ट खडा गरि चेकजाँच गरिने प्रजिअ घिमिरेले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट