सरकारले राहत र दीर्घकालीन पुनर्बासका लागि काम गरिरहेको छ- प्रधानमन्त्री

  • २०८१ आश्विन १७, बिहिबार (२ दिन अघि)
  • ६२ पटक पढिएको
सरकारले राहत र दीर्घकालीन पुनर्बासका लागि काम गरिरहेको छ- प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढीपहिरो पीडितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्बासको लागि काम गरिरहेको बताए ।

Advertisement

नेपालीहरूको महान् पर्व पर्व बडादशैंको घटस्थापनाको शुभकामना दिदै प्रधानमन्त्री ओलीले यसपाली अविरल वर्षाका कारण दशैं खल्लो हुन पुगेको बताए ।

‘आज घटस्थापना, आजबाट हाम्रो महान् पर्व बडादशैंको नवरात्र सुरु भएको छ । आज जमरा राखिन्छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘यसपाली अविरल वर्षाका कारण हाम्रो दशैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुईसय भन्दा बढीको ज्यान गयो, कयौँ घाइते हुनु भएको छ, घरबार विहीन हुनुभएको छ । उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ । घटस्थापनाको सबैलाई शुभकामना !’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट